सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको घटनास्थलमै मृत्यु

Date:

Share post:

काठमाडौं, २०८१,श्रावन ०९ |त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको छ । कल साइन 9N-AME भएको बम्बार्डियर सीआरजे – २०० विमान पोखराका लागि बिहान ११ः११ मा उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको थियो ।

विमान टेकअफ लगत्तै रनवे ०२ बाट सिधै ओर्लियो र रनवे २० को पूर्वमा दुर्घटनाग्रस्त भयो। उद्धारकर्ताहरू घटनास्थलमा पुग्दा भग्नावशेषबाट धुवाँ निस्किएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) का अनुसार उक्त विमानमा पाइलट र को-पाइलटसहित १९ एयरलाइन्सका कर्मचारी सवार थिए । पोखरा क्षेत्रीय विमानस्थलको मर्मतसम्भार ह्याङ्गरमा इन्जिनको पूर्ण जाँचका लागि विमान पोखरा जाँदै थियो ।

एकमात्र जीवित पाइलट मनिष शाक्यलाई भग्नावशेषबाट उद्धार गरी काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो । टाउको, आँखा र खुट्टामा चोट लागेको उनको उपचार भइरहेको छ । यसैबीच दुर्घटनास्थलबाट १८ जनाको शव भेटिएको छ । मृत्यु हुनेमा को-पाइलट सुशान्त कटुवाल पनि थिए ।

pilot Manish Shakya rescued from the scene of plane crash :(www.jagritimedianetwork.com)

घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेना लगायतका दमकल र सुरक्षाकर्मीले तुरुन्तै उद्धार गरेका थिए । उनीहरुले आगो निभाउन र मृतकको शव निकाल्न सफल भएका छन्, जसलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ ।

एयरलाइन्सका अनुसार मृत्यु हुने सबै एयरलाइन्सका कर्मचारी थिए । विमानमा चालक दलका चालक बाहेक अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासाईं, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, श्याम विन्दुकार र सवार रहेका थिए । प्रिजा काटिवाडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ पीडी पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही र यमनी नागरिक र एयरलाइन्सका इन्जिनियर आरेफ रेडा

मृत्यु हुने सबै एयरलाइन्सका कर्मचारी रहेको एयरलाइन्सले दाबी गरे पनि विमानमा कर्मचारीका परिवारका सदस्य समेत रहेको बताइएको छ ।दुर्घटनापछि प्रधानमन्त्री ओलीले दुर्घटनाको असर र हवाई सुरक्षा सुधारका उपायबारे छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।

Saurya Airlines plane crash scene at tribhuvan international airport kathmandu: (www.jagritimedianetwork.com)


त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN )का पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको थियो ।

आयोगको सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, सुदीप भट्टराई, सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डंगोल रहेका छन् । आयोगलाई प्रतिवेदन बुझाउन ४५ दिनको समय दिइएको छ ।

प्रधानमन्त्री ओलीले यस्ता घटना दोहोरिन नदिन सबैले काम गर्नुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

नेपालको सार्वजनिक ऋण २७ खर्ब रुपैयाँ नजिक, जनताको टाउकोमा ९१ हजार ऋण

चैत्र ६, २०८१ । काठमाडौँ, नेपालको सार्वजनिक ऋण २७ खर्ब रुपैयाँ नजिक भने हरेक नेपालीको टाउकोमा ९१...

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्पन्न

चैत्र ५ ,२०८१ । नेपालगंज महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ| नेपालगन्जस्थित महेन्द्र बहुमुखी...

ओडिशाको होस्टलमा नेपाली बी-टेक विद्यार्थी मृत अवस्थामा फेला

ओडिशाको एक निजी इन्जिनियरिङ कलेजकी तेस्रो वर्षकी बी-टेक विद्यार्थी आफ्नो होस्टलमा मृत अवस्थामा फेला परेकी छन्। प्रहरीले घटनाबारे...

अमेरिकाको ४७औँ राष्ट्रपतिमा डोनाल्ड जे. ट्रम्प नियुक्त

अमेरिका, माघ ७,२०८१। डोनाल्ड जे. ट्रम्पलाई औपचारिक रूपमा अमेरिकाको ४७औँ राष्ट्रपति पदमा नियुक्त गरिएको छ। सन् २०१७ देखि २०२१...