मोरङको सुन्दरहरैचामा चार सिलिण्डर बम फेला

Date:

Share post:

पूर्व–पश्चिम राजमार्ग विस्तारको क्रममा मोरङको सुन्दरहरैचा नगरपालिका–७ स्थित मालती पुल नजिक चारवटा सिलिण्डर बम फेला परेको छ ।

मोरङ जिल्ला प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार बम नेपाल द्वन्द्वकालका समयको हुन सक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङलाई बिहीबार बिहान मालती पुल नजिकै द्वन्द्वकालीन विष्फोटक पदार्थ भेटिएको सूचना प्राप्त भएको थियो । राजमार्ग विस्तारका लागि उत्खनन कार्यका क्रममा बम विस्फोटको जोखिम मूल्याङ्कन गरेपछि नेपाली सेना र प्रहरीको टोली खोजी कार्यमा खटाइएको थियो ।

‘तलाशका क्रममा जमिनमुनि गाडेका चारवटा सिलिण्डर बम र जोडिएको तारसहित फेला परेको छ,’ डीएसपी जोशीले भने । “यी द्वन्द्वकालका हुन्, र तिनीहरूलाई सुरक्षित रूपमा निष्कासन गर्ने तयारी भइरहेको छ।”

सूचना पाएपछि अधिकारीहरूले खोजी गर्न राजमार्गलाई अस्थायी रूपमा बन्द गरेका थिए। बम १ दिन पछि फेला परेको थियो।

माओवादी केन्द्रका नेताहरुका अनुसार २०६० साल भदौमा माओवादी र सरकारपक्षबीच बेलबारीमा भिडन्त हुँदा सेनालाई रोक्न सो खण्डमा सुरुङ खनेर एम्बुस राखेको थियो । बेलबारी भिडन्तका बेला राखिएको बम २१ वर्षपछि ‘डिस्पोज’ गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

अन्ततः रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच ७ बुँदे सहमति।

नेपालगञ्ज,बाँके /२०८२/०९/१४ नयाँ पुस्ताका नेताहरू बालेन्द्र शाह (बालेन), कुलमान घिसिङ (उज्यालो नेपाल) र रवि लामिछाने (रास्वपा) बीच...

मेयर बालेन्द्र शाह (बालेन शाह)लाई पितृशोक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका पिता रामनारायण शाहको सोमबार उपचारका क्रममा निधन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन...

जन्ती लिएर जाँदै गरेको जीप सल्यानमा दुर्घटना हुँदा ११ जना घाइते

सल्यानमा जन्ती लिएर जाँदै गरेको जीप सल्यानको दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। असोज २३, सल्यान, जिल्ला प्रहरी...

गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, TikTok बनाउने ठाउँमा परिणत

सुदूरपश्चिमको गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, जुन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न बनाइएको थियो, हाल...