रिल्स बनाउने क्रममा झरनामा खस्दा भारतीय इन्फ्ल्युन्सर आन्वी कामदारको मृत्यु

Date:

Share post:

महाराष्ट्रको रायगड नजिकैको कुम्भे झरनामा मुम्बईकी २७ वर्षीय इन्स्टाग्राम इन्फ्ल्युन्सर आन्वी कामदारले रिल खिच्ने क्रममा 300 फिटको खाडलमा खसेर ज्यान गुमायीन ।

गत जुलाई १६ गते सात साथीसँग झरना घुम्न गएकी आन्वीको यो घटना बिहान साढे १० बजे भएको थियो । स्थानीय अधिकारीहरूले तुरुन्तै प्रतिक्रिया दिए, कोस्ट गार्ड, कोलाड उद्धार टोली र महाराष्ट्र राज्य विद्युत बोर्डका कर्मचारीहरूको सहयोगमा उद्धार टोली पठाएका थिय ।

‘हामी घटनास्थलमा पुगेपछि आन्वी झण्डै ३००–३५० फिट तल खसेको थाहा पायौं । उनी पुगेपछि पनि उनलाई उठाउन गाह्रो भयो, उनी घाइते भएकी र धेरै पानी परिरहेको थियो। त्यसैले हामीले ठाडो पुली प्रयोग गरेर उनलाई बाहिर निकाल्ने निर्णय गर्‍यौं, ”एक उद्धारकर्ताले समाचार मीडिया टोलीलाई भने |

६ घन्टाको उद्धार कार्यपछि आन्वीलाई खोलाबाट सफलतापूर्वक निकालिएको थियो । दुर्भाग्यवश, मानगाउँ उपजिल्ला अस्पतालमा भर्ना भएको केही समयपछि लड्ने क्रममा गम्भीर चोट लागेको उनको मृत्यु भयो।

आन्वीको इन्स्टाग्राममा (@thelocaljournal) दुई लाख ८० हजार भन्दा बढी फलोअरहरु थियो । उनी विशेषगरी पर्यटन प्रवर्द्धन गर्ने इन्फ्ल्युन्सरका रूपमा परिचित थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

नेपालको सार्वजनिक ऋण २७ खर्ब रुपैयाँ नजिक, जनताको टाउकोमा ९१ हजार ऋण

चैत्र ६, २०८१ । काठमाडौँ, नेपालको सार्वजनिक ऋण २७ खर्ब रुपैयाँ नजिक भने हरेक नेपालीको टाउकोमा ९१...

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्पन्न

चैत्र ५ ,२०८१ । नेपालगंज महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ| नेपालगन्जस्थित महेन्द्र बहुमुखी...

ओडिशाको होस्टलमा नेपाली बी-टेक विद्यार्थी मृत अवस्थामा फेला

ओडिशाको एक निजी इन्जिनियरिङ कलेजकी तेस्रो वर्षकी बी-टेक विद्यार्थी आफ्नो होस्टलमा मृत अवस्थामा फेला परेकी छन्। प्रहरीले घटनाबारे...

अमेरिकाको ४७औँ राष्ट्रपतिमा डोनाल्ड जे. ट्रम्प नियुक्त

अमेरिका, माघ ७,२०८१। डोनाल्ड जे. ट्रम्पलाई औपचारिक रूपमा अमेरिकाको ४७औँ राष्ट्रपति पदमा नियुक्त गरिएको छ। सन् २०१७ देखि २०२१...