ओडिशाको होस्टलमा नेपाली बी-टेक विद्यार्थी मृत अवस्थामा फेला

Date:

Share post:

ओडिशाको एक निजी इन्जिनियरिङ कलेजकी तेस्रो वर्षकी बी-टेक विद्यार्थी आफ्नो होस्टलमा मृत अवस्थामा फेला परेकी छन्। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

मृतकको पहिचान नेपालकी प्रकृति लम्सालको रूपमा गरिएको छ। उनी ओडिशाको केआईआईटी कलेजमा अध्ययन गर्दै थिइन्।
यद्यपि उनको मृत्युको वास्तविक कारण पुष्टि भइसकेको छैन, तर प्रारम्भिक अनुसन्धानका आधारमा उनले आत्महत्या गरेको आशंका गरिएको छ। उनीमाथि सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङ विद्यार्थी एक पुरुष साथीले मानसिक दबाब दिएको बताइएको छ।

सूत्रका अनुसार, प्रकृतिले यो विषयमा विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (IRO) मा उजुरी गरेकी थिइन्, तर कुनै ठोस कदम उठाइएन। हालै एक अडियो रेकर्डिङ सार्वजनिक भएको छ, जसमा आरोपी विद्यार्थीले उनलाई अपशब्द प्रयोग गर्दै गाली गरेको सुन्न सकिन्छ।

उक्त घटनापछि विश्वविद्यालयका विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले विश्वविद्यालय प्रशासनको लापरवाहीको विरोध गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्। उनी कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) की बी-टेक तेस्रो वर्षकी विद्यार्थी थिइन्, रजिष्ट्रारले बताए।

“प्रहरीले मृतक किशोरीको कोठा सिल गरेको छ र उनको अभिभावकको आगमनसम्म शवलाई मुर्चरीमा राखिएको छ,” विश्वविद्यालयका एक अधिकारीले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

अन्ततः रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच ७ बुँदे सहमति।

नेपालगञ्ज,बाँके /२०८२/०९/१४ नयाँ पुस्ताका नेताहरू बालेन्द्र शाह (बालेन), कुलमान घिसिङ (उज्यालो नेपाल) र रवि लामिछाने (रास्वपा) बीच...

मेयर बालेन्द्र शाह (बालेन शाह)लाई पितृशोक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका पिता रामनारायण शाहको सोमबार उपचारका क्रममा निधन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन...

जन्ती लिएर जाँदै गरेको जीप सल्यानमा दुर्घटना हुँदा ११ जना घाइते

सल्यानमा जन्ती लिएर जाँदै गरेको जीप सल्यानको दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। असोज २३, सल्यान, जिल्ला प्रहरी...

गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, TikTok बनाउने ठाउँमा परिणत

सुदूरपश्चिमको गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, जुन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न बनाइएको थियो, हाल...