काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका पिता रामनारायण शाहको सोमबार उपचारका क्रममा निधन ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह)लाई पितृशोक परेको छ। उनका पिता रामनारायण शाहको सोमबार बिहान काठमाडौंमा उपचारका क्रममा निधन भएको हो।मिनभवनस्थित सिभिल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
आइतबार बिहान अस्पताल भर्ना गरिएको शाहको सोमबार निधन भएको हो । पिसाबमा संक्रमण भएर शरीरमा फैलिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
मेयर शाहलाई पितृशोक परेको खबर आफूले पनि पाएको र यसलाई पुष्टि गर्ने क्रममा रहेको काठमाडौं महानगरका प्रवक्ता नविन मानन्धरले बताए ।
“यस दुःखद घडीमा शोकसन्तप्त परिवारलाई धैर्य–धारण गर्ने शक्ति मिलोस्। दिवंगत आत्माको शान्तिको लागि हार्दिक प्रार्थना तथा श्रद्धाञ्जलि।”
