चीनको दिङ्गे काउन्टीमा ७ रेक्टरको भूकम्प

Date:

Share post:

चीनको दिङ्गे काउन्टीमा ७ रेक्टरको भूकम्प चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ । आज बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।

काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा भूकम्पको महसुस गरिएको थियो ।

Earthquake in Dinge, China 7 jan, 2025

भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको जानकारी दिए ।

केन्द्रले छदेखि आठ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्प गइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

अन्ततः रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच ७ बुँदे सहमति।

नेपालगञ्ज,बाँके /२०८२/०९/१४ नयाँ पुस्ताका नेताहरू बालेन्द्र शाह (बालेन), कुलमान घिसिङ (उज्यालो नेपाल) र रवि लामिछाने (रास्वपा) बीच...

मेयर बालेन्द्र शाह (बालेन शाह)लाई पितृशोक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका पिता रामनारायण शाहको सोमबार उपचारका क्रममा निधन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन...

जन्ती लिएर जाँदै गरेको जीप सल्यानमा दुर्घटना हुँदा ११ जना घाइते

सल्यानमा जन्ती लिएर जाँदै गरेको जीप सल्यानको दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। असोज २३, सल्यान, जिल्ला प्रहरी...

गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, TikTok बनाउने ठाउँमा परिणत

सुदूरपश्चिमको गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, जुन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न बनाइएको थियो, हाल...