नुवाकोटको हेलिकप्टर दुर्घटनामा पाइलट सहित ४ चिनियाँ पर्यटकको मृत्यु

Date:

Share post:

काठमाडौं| नेपाल, बुधबार दिउँसो १:३० बजे रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा पाँचै जना सवारले ज्यान गुमाएका छन् ।

काठमाडौंबाट स्याफ्रुबेसी, रसुवा उडेको एयर डाइनेस्टी हेलिकप्टर नुवाकोटको शिवपुरी गा.पा.-७ सूर्यचौरमा दुर्घटना भएको छ ।गुर्जेभन्ज्याङ अस्थायी प्रहरी पोस्टका हवल्दार राजन खत्रीले दुर्घटनास्थलमा पाँचवटा शव भेटिएको बताए । स्थानीयवासीले उक्त डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गर्नासाथ घटनास्थलमा पुगेको प्रहरीले १ जना महिला र ४ जना पुरुषको शव निकाल्नुका साथै उद्धार कार्य जारी रहेको छ ।

हेलिकप्टरमा अन्य चार चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकहरूमा जुडाड ताङ (पुरुष), जी ली (पुरुष), यियाड वु-(महिला) र जेमिङ सी (पुरुष) रहेका थिय। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको उल्लेख गरिएको छ ।

चारजना चिनियाँ लिएर रसुवाको स्याफ्रुबेँसी जाँदै गरेको हेलिकोप्टर सूर्यचौरमा दुर्घटना भएको प्रहरी प्रवक्ता डिआईजी दानबहादुर कार्कीले जानकारी दिए। घटनास्थलमा पर्यटनमन्त्री बद्री पाण्डे पुग्दैछन् । त्यहाँ पुगेर उनले घटनाबारे जानकारी लिनेछन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, TikTok बनाउने ठाउँमा परिणत

सुदूरपश्चिमको गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, जुन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न बनाइएको थियो, हाल...

विपिन जोशी नेपाल फर्किन्छन् त ?

कञ्चनपुर जिल्ला, भीमदत्त नगरपालिका–३, भासीका स्थायी बासिन्दा २३ वर्षीय विपिन जोशी उच्च शिक्षा अध्ययनका लागि २०२३ सालको सेप्टेम्बर...

रुकुम पश्चिममा टिप्पर भेरी नदीमा खस्दा चालकसहित दुईजना बेपत्ता

नेपालगन्ज, आषाढ ६, रुकुम पश्चिमको आठबिस्कोट नगरपालिका–१४ पिपलचौर नजिक टिप्पर दुर्घटना हुँदा चालकसहित दुईजना बेपत्ता भएका छन्। प्रहरीका अनुसार...

सिंचाइको अभावले सिम्ताका कृषक चिन्तित

कर्णाली प्रदेशको सुर्खेत सिम्ता गाउँपालिका वडा नं.३ र ४ का कृषकहरू सिंचाइको अभावमा गम्भीर चिन्तामा परेका छन्। नेपालगञ्ज, साउन...