जाजरकोटको भूकम्प पछि DDA रिपोर्ट मा भयो गैरजिम्मेवारी

Date:

Share post:

असार २०,२०८२ ,नेपालगंज | २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति पुर्‍याएको थियो। तर २० महिना बितिसक्दा पनि त्यस भूकम्पबाट पीडित जनताको अवस्था अझै दयनीय छ। प्रभावित क्षेत्रमा भएको सम्पूर्ण क्षतिको विवरण हालसम्म पूर्ण रूपमा सार्वजनिक भइसकेको छैन।

हालै गरिएको विपद्‌ क्षति मूल्यांकन रिपोर्ट — Disaster Damage Assessment (DDA) — मा समेत गम्भीर अनियमितता देखिएको छ। नलगाड नगरपालिकाका अधिकांश वडाहरूमा रहेका माटोका घरहरू भूकम्पले पूर्ण रूपमा ध्वस्त बनाएको थियो। आंशिक रूपमा बाँकी रहेका घरहरू समेत बस्न अयोग्य छन्। तर, हाल सार्वजनिक भएको DDA रिपोर्टमा ती पूर्ण रूपमा बस्न नमिल्ने घरहरूलाई समेत सामान्य क्षति भएको भनेर वर्गीकृत गरिएको देखिन्छ।

पीडित स्थानीय बासिन्दाहरू आजसम्म पनि कठ्यांग्रिने हिउँदको चिसो र वर्षाको झरि सहँदै अस्थायी टहरामै बस्न बाध्य छन्। राहत र पुनर्निर्माणको नाममा सरकारी निकायले पीडितहरूप्रति देखाएको लापरवाही र गैरजिम्मेवारी गम्भीर चिन्ताको विषय बनेको छ।

रिपोर्टमा मूल्यांकनको असमानता प्रस्ट देखिन्छ — कतै पक्की (कङ्क्रिट) घरलाई पूर्ण क्षति देखाएर पुनर्निर्माण सहायता दिइएको छ भने, अर्कोतर्फ माटोका पूर्ण रूपमा ध्वस्त घरहरूलाई सामान्य क्षति भनेर सूचीबद्ध गरिएको छ। यसले पुनः मूल्यांकनको खाँचो स्पष्ट पार्छ।

विपद्‌ क्षति मूल्यांकन (DDA) पुनः गरियोस्, माटोले बनेका घरहरूलाई यथोचित रूपमा पूर्ण क्षतिको वर्गमा राखियोस्, र कुनै पनि पीडित राहत र पुनर्निर्माण सहयोगबाट नछुटुन् भन्ने उद्देश्यले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, TikTok बनाउने ठाउँमा परिणत

सुदूरपश्चिमको गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, जुन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न बनाइएको थियो, हाल...

विपिन जोशी नेपाल फर्किन्छन् त ?

कञ्चनपुर जिल्ला, भीमदत्त नगरपालिका–३, भासीका स्थायी बासिन्दा २३ वर्षीय विपिन जोशी उच्च शिक्षा अध्ययनका लागि २०२३ सालको सेप्टेम्बर...

रुकुम पश्चिममा टिप्पर भेरी नदीमा खस्दा चालकसहित दुईजना बेपत्ता

नेपालगन्ज, आषाढ ६, रुकुम पश्चिमको आठबिस्कोट नगरपालिका–१४ पिपलचौर नजिक टिप्पर दुर्घटना हुँदा चालकसहित दुईजना बेपत्ता भएका छन्। प्रहरीका अनुसार...

सिंचाइको अभावले सिम्ताका कृषक चिन्तित

कर्णाली प्रदेशको सुर्खेत सिम्ता गाउँपालिका वडा नं.३ र ४ का कृषकहरू सिंचाइको अभावमा गम्भीर चिन्तामा परेका छन्। नेपालगञ्ज, साउन...