नेपालगंजमा दिगो शान्ति र सद्‌भाव प्रवर्द्धनका लागि धार्मिक सवालको बारे छलफल कार्यक्रम |

Date:

Share post:

नेपालगंज, ०९ साउन २०८१, जनजागरण समाजको आयोजनमा तथा अन्तर धार्मिक शान्ति महासंघ नेपालको सहयोगमा दिगो शान्ति र सद्‌भाव प्रवर्द्धनका लागि धार्मिक सवालको बारे विश्वब्यापि आवादिक प्रतिवेदन प्रस्तुति तथा धार्मिक शान्ति अभियान् विषयक छलफल कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका कृषि तथा भूमिसुधार मन्त्री भण्डारीलाल अहिर , जनजागरण समाजको अध्यक्ष खेमराज बर्मा र बागेश्वरी मन्दिरका महन्त चन्दननाथ योगी द्वारा दीप बत्ती बालि कार्यक्रम संचालन भएको थियो ।

उपस्तिथ अन्य अतिथिमा खजुरा गाउँपालिका गाउँका अध्यक्ष डम्बर बहादुर बि.क, जानकी गाउँपालिका प्रतिधिनिधी राम प्यारी यादव , बाँके इसाई समाजका उपाध्यक्ष पास्टर कुल प्रसाद शर्मा, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी ,बागेश्वरी मन्दिरका महन्त चन्दननाथ योगी, बाँकेका बौद्ध धर्मगुरु सरोज कुमार तामाङ को उपस्थिति रहेको थियो ।

यस कार्यक्रममा इन्सेक नेपाल बाट प्रतिनिधि सम्झा श्रेष्ठ र टिमको उपस्तिथी रहेको थियो भने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाबाट पनि प्रतिनिधिहरु रहनु भएको थियो । विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाबाट अतिथि ज्युहरु,सल्लाहकार ज्युहरु, बाँकेका धर्मगुरु ज्युहरु, कार्यसमितिका कर्मचारी तथा पत्रकारहरु सबै यस कार्यक्रममा सहभागी हुनु भएको थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका कृषि तथा भूमिसुधार मन्त्री भण्डारीलाल अहिरले सबै धर्मलाई उच्च सम्मान गर्दै सबै धर्मका आस्थावान मानिसहरू मिलेर मात्र देशमा शान्ति र समृद्धि ल्याउन सकिने बताए ।

आफ्नो भनाइ राख्ने क्रममा बागेश्वरी मन्दिरका महन्त चन्दननाथ योगी भन्छन् नेपालगंज एक धार्मिक सद्भाव पूर्ण सहर हो । देशमा शान्तिको लागि धर्मको आवश्यकता छ । एक अर्काको धर्मलाई भड्काउने जस्तो दण्डनीय कार्य कोहि बाट पनि नहोस् यदि यस्तो भएको खण्डमा कानुनले उचित कारवाही गरोस ।

बाँके इसाई समाजका उपाध्यक्ष पास्टर कुल प्रसाद शर्माले सबैलाई आदर सम्मान गर्ने र सद्भाव बढाउने कुनै पनि धर्मको बिरुद्ध मा नजाने भाइचाराको सम्बन्ध बढाउने कुरा बताए ।शर्मा बताउछन् इसाई भएकै कारण पटक पटक धर्मका नाममा भोगेको दु:ख र मानब अधिकार हनन हुने गरि पुगेको चोटलाई सम्बन्धित निकाए तथा राज्यको गम्भीर ध्यानाकर्षण होस् ।

यस कार्यक्रमको मुख्य उदेश्य य़ूपिआरको बारेमा समीक्षा तथा आगामी यूपिआर प्रतिबेदनमा धार्मिक सवालहरु प्रबेसको लागि तयारी र अन्तरधार्मिक शान्ति अभियानलाई संस्थागतका लागि पहल गरि समुदायमा धार्मिक सद्भाव र सहअस्तित्वको स्थापना गर्ने भनेर अन्तरधार्मिक शान्ति महासंघ नेपालको अधिबक्ताले बताए ।

इन्सेक नेपाल का अधिबक्ता सम्झा श्रेष्ठले आफ्नो सेसनमा मानब अधिकारको ऐतिहासिक विकास र सयुक्त राष्ट्र संघको स्थापनाहरु र मानब
अधिकारका ठुला ९ महासन्धिहरू साथै मानब अधिकारको विश्वव्यापी अबदिक’ समीक्षा बारे बोल्दै सबै राज्यको मानब अधिकार तर्फ़ जिम्मेवारी रहेको र युपिर को लागि नेपालको ७ औ प्रदेश बाट डाटा लिने र धार्मिक हिसाबले सद्भाव र मिलाप कायम होस् भनेर यो कार्यक्रम महत्त्वपूर्ण रहेको बताईन ।

यस कार्यक्रम जनजागरण समाजका अध्यक्ष खेमराज बर्मा द्वारा सबै लाई धार्मिक सद्भाव कायम गर्नु भन्दै समापन भयो ।यो कार्यक्रममा ५० जना जति सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

नेपालको सार्वजनिक ऋण २७ खर्ब रुपैयाँ नजिक, जनताको टाउकोमा ९१ हजार ऋण

चैत्र ६, २०८१ । काठमाडौँ, नेपालको सार्वजनिक ऋण २७ खर्ब रुपैयाँ नजिक भने हरेक नेपालीको टाउकोमा ९१...

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्पन्न

चैत्र ५ ,२०८१ । नेपालगंज महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ| नेपालगन्जस्थित महेन्द्र बहुमुखी...

ओडिशाको होस्टलमा नेपाली बी-टेक विद्यार्थी मृत अवस्थामा फेला

ओडिशाको एक निजी इन्जिनियरिङ कलेजकी तेस्रो वर्षकी बी-टेक विद्यार्थी आफ्नो होस्टलमा मृत अवस्थामा फेला परेकी छन्। प्रहरीले घटनाबारे...

अमेरिकाको ४७औँ राष्ट्रपतिमा डोनाल्ड जे. ट्रम्प नियुक्त

अमेरिका, माघ ७,२०८१। डोनाल्ड जे. ट्रम्पलाई औपचारिक रूपमा अमेरिकाको ४७औँ राष्ट्रपति पदमा नियुक्त गरिएको छ। सन् २०१७ देखि २०२१...