नेपालले सुपर ओभरमा अमेरिकालाई हरायो।

Date:

Share post:

नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज एक खेल अगावै जितेको छ।

निर्धारित २० ओभरको खेलमा दुबै टोलीले १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले तीन रनको लक्ष्य दियो ।

सोमपाल कामीले तेस्रो बलमै सायन जहान्गिरको विकेट लिँदै अमेरिकालाई दबाबमा राखेका थिए । चौथो बलमा उनले आरोन जोनेसको विकेट लिएपछि नेपालले जम्मा ३ रनको लक्ष्य पायो ।

जवाफमा नेपालको लागि क्रिजमा कप्तान रोहितकुमार पौडेल र आरिफ शेख आएका थिए । उनीहरुले तीन बलमा लक्ष्य पूरा गरे ।

Sompal Kami Takes 2 tickets in Super over against USA only making a target of 3 runs to chase

आज बिहान अमेरिकाको डालासमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १७१ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा अमेरिकाले पूरा २० ओभर खेल्दा ७ विकेट गुमाएर १७० रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

अमेरिकाको लागि आन्द्रेस गौसले ४३ बलमा तीन चौका र चार छक्कासहित सर्वाधिक ६२ रन बनाए । ओपनर साइटेजा मुक्कामल्लले ४१ बलमा ४७ रनको योगदान गरेका थिए ।

नेपालका करण केसीले सर्वाधिक तीन विकेट हात पारे । सोमपाल कामीको नाममा दुई तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिएका थिए ।

नेपालका टस जितेर ब्याटिङ गरेको नेपालको लागि तेस्रो नम्बर क्रिजमा आएका कुशल भुर्तेलले ५४ बलमा ७ चौका र ६ छक्कासहित सर्वाधिक ९२ रन बनाए।

ओपनर अनिल कुमार शाहले २५ तथा गुल्शन झाले १७ र कप्तान रोहितकुमार पौडेलले १८ रनको योगदान गरे।

अमेरिकाका जसदीप सिंह र नोस्थुस केन्जिगेले समान दुई विकेट लिए। सौरभ नेत्राभाल्करले एक विकेट हात पारे।

यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो। अब, तेस्रो खेल सोमबार बिहान हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, TikTok बनाउने ठाउँमा परिणत

सुदूरपश्चिमको गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, जुन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न बनाइएको थियो, हाल...

विपिन जोशी नेपाल फर्किन्छन् त ?

कञ्चनपुर जिल्ला, भीमदत्त नगरपालिका–३, भासीका स्थायी बासिन्दा २३ वर्षीय विपिन जोशी उच्च शिक्षा अध्ययनका लागि २०२३ सालको सेप्टेम्बर...

रुकुम पश्चिममा टिप्पर भेरी नदीमा खस्दा चालकसहित दुईजना बेपत्ता

नेपालगन्ज, आषाढ ६, रुकुम पश्चिमको आठबिस्कोट नगरपालिका–१४ पिपलचौर नजिक टिप्पर दुर्घटना हुँदा चालकसहित दुईजना बेपत्ता भएका छन्। प्रहरीका अनुसार...

सिंचाइको अभावले सिम्ताका कृषक चिन्तित

कर्णाली प्रदेशको सुर्खेत सिम्ता गाउँपालिका वडा नं.३ र ४ का कृषकहरू सिंचाइको अभावमा गम्भीर चिन्तामा परेका छन्। नेपालगञ्ज, साउन...