नासाको रोबोट चलाउने प्रतियोगितामा नेपाली युवाकाे टाेली किबो सिमुलेसनमा उत्कृष्ट अंक ल्याएर प्रथम भएको नेपाली युवाको टिम फाइनलमा प्रवेश गरेक छन् ।
फेब्रुअरी १९ बाट सुरु भएको इन्टरनेसनल स्पेस स्टेसनको प्रतियोगिताको यो पाँचौँ संस्करण रहेको हो । नेपालमा यो प्रतिस्पर्धा नेप्लिज स्पेस रिसर्च एसोसिएसनले गरेको थियो । अक्टोबरको पहिलो साता भित्र उक्त प्रतियोगिताको अन्तिम नतिजा आउनेछ ।
यस प्रतियोगितामा टिम पिजिएस ग्रुपका ई. शशांकश्री न्यौपाने, सन्जु पौडेल, गमन अर्याल र अतिश शाक्य प्रतियोगितामा सहभागी भएका थिए ।
विश्वका ११ मुलुकका युवाहरू सहभागी प्रतियोगितामा नेपाली टिमले प्रथम हुने लक्ष्य राखेको छ ।