नेपालगञ्जमा ओमोडा ईफाई‌भ गाडीको डिलर

Date:

Share post:

नेपालगंज,असार २४, ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नेपालगञ्जको करकन्दोमा नयाँ आधिकारिक डिलरशिप खोल्यो।

नयाँ गाडी खरिदमा उचित फाइनान्सिङको सुविधा एकै ठाउँबाट उपलब्ध गराउने प्रतिबद्धता कम्पनीको एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले बताए । नेपालगञ्जका लागि एसपीजी अटोमोबाइल्स प्रालिको नयाँ आधिकारिक वितरक ‘सिद्धार्थ टेक प्राइभेट लिमिटेड’ रहेको छ ।

यो कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि न्यौपाने लगायतले सहभागिता जताएका थियो ।यस विद्युतीय सवारीले आफ्नो ग्राहकहरुकोलागी सुरक्षित सहित विभिन्न आधुनिक विशेषता,र नौलो ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य बनाएको छ ।

६१ लाख ९९ हजारमा सिङ्गल टोन र ६२ लाख ४९ हजारमा डुअल टोन ओमोडा ईफाइभ को बजार मूल्य रहेको छ। ओमोडा ईफाइभमा लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री प्रयोग भएको छ । ४३० किमिको लामो रेन्ज, ९९ किलोवाटको मोटर, १८० एमएम ग्राउन्ड क्लियरेन्स र एडीएएस (ADAS) सुरक्षित ड्राइभिङ प्रणाली भएको ओमोडा ईफाइभ नेपाली बजारमा अरु इ.भी गाडीहरुसँग प्रतिस्पर्धा गर्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, TikTok बनाउने ठाउँमा परिणत

सुदूरपश्चिमको गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, जुन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न बनाइएको थियो, हाल...

विपिन जोशी नेपाल फर्किन्छन् त ?

कञ्चनपुर जिल्ला, भीमदत्त नगरपालिका–३, भासीका स्थायी बासिन्दा २३ वर्षीय विपिन जोशी उच्च शिक्षा अध्ययनका लागि २०२३ सालको सेप्टेम्बर...

रुकुम पश्चिममा टिप्पर भेरी नदीमा खस्दा चालकसहित दुईजना बेपत्ता

नेपालगन्ज, आषाढ ६, रुकुम पश्चिमको आठबिस्कोट नगरपालिका–१४ पिपलचौर नजिक टिप्पर दुर्घटना हुँदा चालकसहित दुईजना बेपत्ता भएका छन्। प्रहरीका अनुसार...

सिंचाइको अभावले सिम्ताका कृषक चिन्तित

कर्णाली प्रदेशको सुर्खेत सिम्ता गाउँपालिका वडा नं.३ र ४ का कृषकहरू सिंचाइको अभावमा गम्भीर चिन्तामा परेका छन्। नेपालगञ्ज, साउन...