नेपालको सार्वजनिक ऋण २७ खर्ब रुपैयाँ नजिक, जनताको टाउकोमा ९१ हजार ऋण

Date:

Share post:

चैत्र ६, २०८१ । काठमाडौँ, नेपालको सार्वजनिक ऋण २७ खर्ब रुपैयाँ नजिक भने हरेक नेपालीको टाउकोमा ९१ हजार ७ सय ५६ रुपैयाँ बराबर सार्वजनिक ऋण पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) मा सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड पुगेको छ ।

सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा ४६.९१ प्रतिशत नाघेको छ । जीडीपीका आधारमा आन्तरिक ऋण २३.०६ र वाह्य ऋण २३.८५ प्रतिशत पुगेको छ । कार्यालयका अनुसार फागुनमा मात्र सार्वजनिक ऋण ६४ अर्ब ९७ करोड रुपैयाँले बढेको छ । माघ मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ११ अर्ब थियो । फागुन मसान्तसम्म आन्तरिक ऋण १३ खर्ब १५ अर्ब ५७ करोड र वाह्य ऋण १३ खर्ब ६० अर्ब ४६ करोड पुगेको छ ।

त्यसो त यस्तो ऋण व्यक्तिले चुक्ता गर्नु पर्दैन । तर, हरेक नेपालीले तिर्ने करबाटै राज्यले सार्वजनिक ऋण चुक्ता गर्ने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, TikTok बनाउने ठाउँमा परिणत

सुदूरपश्चिमको गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, जुन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न बनाइएको थियो, हाल...

विपिन जोशी नेपाल फर्किन्छन् त ?

कञ्चनपुर जिल्ला, भीमदत्त नगरपालिका–३, भासीका स्थायी बासिन्दा २३ वर्षीय विपिन जोशी उच्च शिक्षा अध्ययनका लागि २०२३ सालको सेप्टेम्बर...

रुकुम पश्चिममा टिप्पर भेरी नदीमा खस्दा चालकसहित दुईजना बेपत्ता

नेपालगन्ज, आषाढ ६, रुकुम पश्चिमको आठबिस्कोट नगरपालिका–१४ पिपलचौर नजिक टिप्पर दुर्घटना हुँदा चालकसहित दुईजना बेपत्ता भएका छन्। प्रहरीका अनुसार...

सिंचाइको अभावले सिम्ताका कृषक चिन्तित

कर्णाली प्रदेशको सुर्खेत सिम्ता गाउँपालिका वडा नं.३ र ४ का कृषकहरू सिंचाइको अभावमा गम्भीर चिन्तामा परेका छन्। नेपालगञ्ज, साउन...