नेपालगंज,असार २४, बाँकेको राप्ती नदिमा दुई दिनबाट परेको अबिरल वर्षाको कारण पानीको बहाब बढे संगै तटिय क्षेत्रमा जोखिम पूर्ण दाउरा संकलन हुने गरेको छ।
त्यस क्षेत्रमा बसोबास गर्ने स्थानियहरु दैनिक ज्याला मजदुरि गरेर आफ्नो जिविकोपार्जन गर्दथे तर अहिले अत्यधिक वर्षाको कारण मजदुर गर्न नपाउदा उच्च जोखिम मोलेर नदिले बगाएर ल्याएका दाउराहरु संकलन गर्ने गरेका छन् । पानिको बहाब बढेसँगै तटिय क्षेत्रका बासिन्दाहरु त्रसित भएका छन् ।
स्थानियहरुले संकलन गरेको काठ दाउराहरु घरमा प्रयोग गर्ने र बिक्रि वितरन गर्ने बताए । त्यहाँका स्थानियका अनुसार नदिको बहाब वर्षौं पछि यति धेरै बढेको बताए । नदीको प्रवाह अत्यधिक बढेको बेला यस तटिय क्षेत्रमा रहेका बस्तिहरुमा वाढी पसेर दुःख खेप्ने पनि बताए ।