भाइरल बालगायक सचिन परियारको १३ वर्षमै निधन

Date:

Share post:

बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा निधन भएको हो।

स्वास्थ्यमा जटिल समस्या देखिएपछि सचिनलाई टिचिङमा भर्ना गरिएको थियो। ‘सिभियर निमोनिया’ का कारणले ‘पल्मोनरी ह्यामेरेज’ हुँदा उनको मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ ।

सचिनका बुबा तेजेन्द्र परियारका अनुसार बिहीबार बिहान १० बजे सचिनको निधन भएको हो। उनी पुस ६ गते अस्पताल भर्ना भएका थिए। उनी १३ वर्षका थिए।

सचिनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए भने हास्य शृंखला ‘मेरी बास्सै’मा पनि आफ्नो अभिनय प्रस्तुत गरेका थिए। उनका चर्चित गीतहरूमा ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, र ‘बरको छायाँले’ पर्दछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, TikTok बनाउने ठाउँमा परिणत

सुदूरपश्चिमको गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, जुन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न बनाइएको थियो, हाल...

विपिन जोशी नेपाल फर्किन्छन् त ?

कञ्चनपुर जिल्ला, भीमदत्त नगरपालिका–३, भासीका स्थायी बासिन्दा २३ वर्षीय विपिन जोशी उच्च शिक्षा अध्ययनका लागि २०२३ सालको सेप्टेम्बर...

रुकुम पश्चिममा टिप्पर भेरी नदीमा खस्दा चालकसहित दुईजना बेपत्ता

नेपालगन्ज, आषाढ ६, रुकुम पश्चिमको आठबिस्कोट नगरपालिका–१४ पिपलचौर नजिक टिप्पर दुर्घटना हुँदा चालकसहित दुईजना बेपत्ता भएका छन्। प्रहरीका अनुसार...

सिंचाइको अभावले सिम्ताका कृषक चिन्तित

कर्णाली प्रदेशको सुर्खेत सिम्ता गाउँपालिका वडा नं.३ र ४ का कृषकहरू सिंचाइको अभावमा गम्भीर चिन्तामा परेका छन्। नेपालगञ्ज, साउन...