नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसले ८९५ जनाका लागि रोजगारीको अवसर

Date:

Share post:

नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसले ८९५ जनाका लागि रोजगारीको अवसर सिर्जना गरेको छ।

कलेजले अस्पताल र कलेजका विभिन्न विभागका लागि नर्सिङ, कन्सलटेन्ट डाक्टर, मेडिकल अफिसर, फार्मेसी, र ल्याबसम्बन्धी पदमा ठूलो संख्यामा जनशक्ति माग गरेको छ। नर्सिङतर्फ मात्र ४०० जना नर्सको माग गरिएको छ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज पहिले बुटवलमा सञ्चालनमा थियो। गत साउनमा नेपालगन्ज हस्पटिल एन्ड रिसर्च ट्रेनिङ सेन्टर प्रालीसँग मर्ज भई नेपालगन्जमा स्थानान्तरण भएको हो। कलेजलाई मेडिकल व्यवसायी खुमा अर्यालले सञ्चालन गरेका छन्।

Sanjeevani College of Medical Science Pvt. Ltd. , Nepalgunj , Banke

अर्यालले केही दिन अघि दाङस्थित ५ सय शय्याको अस्पतालका लागि पनि ८ सय भन्दा बढी जनशक्ति माग गरेका थिए। हाल उनी दुई कलेज र अस्पतालमार्फत १७ सयभन्दा बढी व्यक्तिलाई रोजगारी दिन लागेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, TikTok बनाउने ठाउँमा परिणत

सुदूरपश्चिमको गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, जुन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न बनाइएको थियो, हाल...

विपिन जोशी नेपाल फर्किन्छन् त ?

कञ्चनपुर जिल्ला, भीमदत्त नगरपालिका–३, भासीका स्थायी बासिन्दा २३ वर्षीय विपिन जोशी उच्च शिक्षा अध्ययनका लागि २०२३ सालको सेप्टेम्बर...

रुकुम पश्चिममा टिप्पर भेरी नदीमा खस्दा चालकसहित दुईजना बेपत्ता

नेपालगन्ज, आषाढ ६, रुकुम पश्चिमको आठबिस्कोट नगरपालिका–१४ पिपलचौर नजिक टिप्पर दुर्घटना हुँदा चालकसहित दुईजना बेपत्ता भएका छन्। प्रहरीका अनुसार...

सिंचाइको अभावले सिम्ताका कृषक चिन्तित

कर्णाली प्रदेशको सुर्खेत सिम्ता गाउँपालिका वडा नं.३ र ४ का कृषकहरू सिंचाइको अभावमा गम्भीर चिन्तामा परेका छन्। नेपालगञ्ज, साउन...