नेपाल महिला फुटबल टोलीले १०+ अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको फाइनलमा पुगेर पनि उपाधि जित्न सकेन

Date:

Share post:

नेपाल महिला फुटबल टोलीले १३ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको तथ्य निकै मार्मिक विषय बनिरहेको छ।

नेपाल महिला राष्ट्रिय फुटबल टिम हालसम्म १३ वटा अन्तर्राष्ट्रिय फाइनलमा पुगेको छ, तर दुर्भाग्यवश, एकपटक पनि च्याम्पियन बन्न सकेको छैन । बारम्बार उत्कृष्ट प्रदर्शन गरेर फाइनलसम्म पुग्ने, तर अन्तिम क्षणमा हार बेहोर्ने क्रम चलिरहेको छ ।

नेपाल महिला फुटबल टिमले फेरि पनि उपविजेतामै सिमित रहनु परेको छ। हालै उज्बेकिस्तानमा सम्पन्न AFC Women’s Asian Cup क्वालिफायरको फाइनलमा नेपालले सबित्रा भण्डारीको ह्याट्रिकका बाबजुद पेनाल्टीमा २–४ ले हार बेहोरेको छ।

नेपाल महिला टिमले उपविजेता बनेका प्रतियोगिताहरू:

प्रतियोगिता वर्ष फाइनल नतिजा
1. SAFF Women’s Championship – 2010 भारत हार
2. South Asian Games (SAG) – 2010 भारत हार
3. SAFF Women’s Championship – 2012 भारत हार
4. SAFF Women’s Championship – 2014 भारत हार
5. South Asian Games (SAG) – 2016 भारत हार
6. SAFF Women’s Championship – 2019 भारत हार
7. SAFF Women’s Championship – 2022 बंगलादेश हार
8. South Asian Games (SAG) – 2019 भारत हार
9. SAFF Women’s Championship – 2024 बंगलादेश हार
10. Hero Women’s Gold Cup – 2019 म्यानमार हार
11. Nadezhda Cup – 2019 उज्बेकिस्तान हार
12. WAFF Women’s Championship – 2024 जोर्डन हार
13. AFC Women’s Asian Cup Qualifier – 2025 उ ज्बेकिस्तान हार

यीमध्ये केही खेलहरू नेपालमै आयोजना भएका थिए, तर घरेलु मैदानको फाइदा पनि टिमलाई उपाधि दिलाउन पर्याप्त भएन।

नेपाल महिला फुटबल टिमले निरन्तर प्रगति गरिरहेको छ। बारम्बार फाइनल पुग्नु आफैंमा ठूलो उपलब्धि हो। अब मुख्य चुनौती भनेको मनोबलको मजबूती, अन्तिम क्षणको रणनीति, र जीतको मानसिकता विकास गर्नु हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, TikTok बनाउने ठाउँमा परिणत

सुदूरपश्चिमको गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, जुन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न बनाइएको थियो, हाल...

विपिन जोशी नेपाल फर्किन्छन् त ?

कञ्चनपुर जिल्ला, भीमदत्त नगरपालिका–३, भासीका स्थायी बासिन्दा २३ वर्षीय विपिन जोशी उच्च शिक्षा अध्ययनका लागि २०२३ सालको सेप्टेम्बर...

रुकुम पश्चिममा टिप्पर भेरी नदीमा खस्दा चालकसहित दुईजना बेपत्ता

नेपालगन्ज, आषाढ ६, रुकुम पश्चिमको आठबिस्कोट नगरपालिका–१४ पिपलचौर नजिक टिप्पर दुर्घटना हुँदा चालकसहित दुईजना बेपत्ता भएका छन्। प्रहरीका अनुसार...

सिंचाइको अभावले सिम्ताका कृषक चिन्तित

कर्णाली प्रदेशको सुर्खेत सिम्ता गाउँपालिका वडा नं.३ र ४ का कृषकहरू सिंचाइको अभावमा गम्भीर चिन्तामा परेका छन्। नेपालगञ्ज, साउन...