रुकुम पश्चिममा टिप्पर भेरी नदीमा खस्दा चालकसहित दुईजना बेपत्ता

Date:

Share post:

नेपालगन्ज, आषाढ ६, रुकुम पश्चिमको आठबिस्कोट नगरपालिका–१४ पिपलचौर नजिक टिप्पर दुर्घटना हुँदा चालकसहित दुईजना बेपत्ता भएका छन्।

प्रहरीका अनुसार सोमबार साँझ करिब ७ बजेर १५ मिनेट जाँदा टिप्पर अनियन्त्रित भई भेरी नदीमा खसेको हो। दुर्घटनामा टिप्पर चालक सयदसहित दुईजना सवार रहेको जनाइएको छ।

स्थानीयवासीका अनुसार टिप्पर नदीमा खसिएको देखिए पनि हालसम्म न त टिप्पर फेला परेको छ, न त सवार व्यक्तिहरूको अवस्था नै खुलेको छ। दुर्घटनापछि सुरक्षाकर्मी र स्थानीय बासिन्दाले खोजी तथा उद्धार कार्य सुरु गरेका छन्।

अँध्यारोका कारण खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

अन्ततः रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच ७ बुँदे सहमति।

नेपालगञ्ज,बाँके /२०८२/०९/१४ नयाँ पुस्ताका नेताहरू बालेन्द्र शाह (बालेन), कुलमान घिसिङ (उज्यालो नेपाल) र रवि लामिछाने (रास्वपा) बीच...

मेयर बालेन्द्र शाह (बालेन शाह)लाई पितृशोक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका पिता रामनारायण शाहको सोमबार उपचारका क्रममा निधन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन...

जन्ती लिएर जाँदै गरेको जीप सल्यानमा दुर्घटना हुँदा ११ जना घाइते

सल्यानमा जन्ती लिएर जाँदै गरेको जीप सल्यानको दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। असोज २३, सल्यान, जिल्ला प्रहरी...

गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, TikTok बनाउने ठाउँमा परिणत

सुदूरपश्चिमको गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, जुन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न बनाइएको थियो, हाल...