२०२४ मा नेपालमा ११.४७ लाख विदेशी पर्यटकको आगमन।

Date:

Share post:

नेपालगन्ज। सन् २०२४ मा नेपालले पर्यटनमा उल्लेखनीय प्रगति गरेको छ। नेपाल पर्यटन बोर्डका अनुसार यो वर्ष ११ लाख ४७ हजार २४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या सन् २०२३ को तुलनामा १४ प्रतिशतले वृद्धि भएको हो।

बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार दैनिक सरदर ३ हजार पर्यटक नेपाल आइरहेका छन्। उनले सन् २०१९ पछि पहिलो पटक पर्यटक आगमनले महामारीअघि कै स्तरलाई लगभग छोएको जानकारी दिए। सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल आएका थिए, भने सन् २०२० देखि २०२२ सम्म कोभिड-१९ को प्रभावले पर्यटन उद्योग लगभग ठप्प थियो।

राष्ट्रसंघीय विश्व पर्यटन संगठन (UNWTO) को तथ्यांकले पनि नेपालमा पर्यटन ९६ प्रतिशतले बढेको पुष्टि गरेको छ।

यस वर्षका महत्वपूर्ण कार्यक्रमहरू, जस्तै नेपाल प्रिमियर लिग (एनपिएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय बेलुन महोत्सव, ड्रागन बोट महोत्सव, तथा विभिन्न मेला र प्रदर्शनीले पर्यटनको वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेका छन्।

नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र साहसिक गतिविधिहरूप्रति पर्यटकको आकर्षण यस वर्ष थप बलियो देखिएको छ। महामारीपछि नेपालको पर्यटनले लिएको यो उचाइले उद्योगलाई थप उत्साहित बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

नेपालको सार्वजनिक ऋण २७ खर्ब रुपैयाँ नजिक, जनताको टाउकोमा ९१ हजार ऋण

चैत्र ६, २०८१ । काठमाडौँ, नेपालको सार्वजनिक ऋण २७ खर्ब रुपैयाँ नजिक भने हरेक नेपालीको टाउकोमा ९१...

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्पन्न

चैत्र ५ ,२०८१ । नेपालगंज महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ| नेपालगन्जस्थित महेन्द्र बहुमुखी...

ओडिशाको होस्टलमा नेपाली बी-टेक विद्यार्थी मृत अवस्थामा फेला

ओडिशाको एक निजी इन्जिनियरिङ कलेजकी तेस्रो वर्षकी बी-टेक विद्यार्थी आफ्नो होस्टलमा मृत अवस्थामा फेला परेकी छन्। प्रहरीले घटनाबारे...

अमेरिकाको ४७औँ राष्ट्रपतिमा डोनाल्ड जे. ट्रम्प नियुक्त

अमेरिका, माघ ७,२०८१। डोनाल्ड जे. ट्रम्पलाई औपचारिक रूपमा अमेरिकाको ४७औँ राष्ट्रपति पदमा नियुक्त गरिएको छ। सन् २०१७ देखि २०२१...