२०८१/०४/०३ , जुम्ला , जुम्लाको ४८ इसाई मण्डलीहरुले संयुक्त जवान संगति समिति गठन गर्नको लागी आज त्यहाको जवान लिडरहरुले मीटिंग बसेका छन् ।
संयुक्त जवान संगति समितिका अध्यक्ष रनवीर नेपाली द्वारा यो मीटिंग संचालन भएको छ । सम्पूर्ण जुम्ला जिल्ला भरिका इसाई मण्डलीहरुका जवानहरुलाई एकतामा ल्याउनको लागी र मिलेर अघि बढ्ने प्रयास गर्दै आज नया समितिको गठन भएको हो ।
संयुक्त जवान संगति २०७३ देखि जुम्लामा जवानहरु बिच काम गर्दै आएको र अबको दिनमा सबै जुम्ला भरिका मण्डलीहरुलाई एकसाथ एकतामा संगति गर्ने भनेर अध्यक्ष रनवीर नेपालीले बताउनु भएको छ । जुम्ला जिल्लाका नगरपालिका र गाउपालिकाका पधाधिकारीहरु आजको यस मिटिंगमा सहभागी भएका थिय ।