स्वीडेनको ट्युनिसियामाथि ५–१ को फराकिलो जित

Date:

Share post:

१ असार, काठमाडौं — फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ ले पराजित गर्दै शानदार सुरुआत गरेको छ।

मोन्टेरे स्टेडियममा भएको खेलमा स्वीडेनका लागि यासिन अयारीले दुई तथा अलेक्जेन्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानबर्गले एक–एक गोल गरे। ट्युनिसियाका लागि ओमार रेकिकले सान्त्वना गोल गरे।

अयारीले खेलको ७औं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए भने इसाकले ३०औं मिनेटमा दोस्रो गोल थपे। ट्युनिसियाले ४३औं मिनेटमा रेकिकमार्फत गोल फर्काए पनि स्वीडेनले दोस्रो हाफमा पुनः खेल नियन्त्रणमा लिँदै थप तीन गोल गर्‍यो।

ग्योकेरेसले ५९औं मिनेटमा, स्भानबर्गले ८६औं मिनेटमा र अयारीले इन्जुरी टाइममा दोस्रो गोल गर्दै जित सुनिश्चित गरे।

यस जितसँगै स्वीडेनले समूह एफमा ३ अंक जोडेको छ।

spot_img

Related articles

रसुवा–भोटेकोसी बाढीपीडित एक सय परिवारलाई राहत सामग्री वितरण

नुवाकोट । २०८३ भदौ १० गते चीनको तिब्बततर्फबाट भोटेकोसीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा ठूलो जनधनको...

कमिट नेपाल, बाँकेको १९ औँ साधारण सभा भव्य रूपमा सम्पन्न

नेपालगञ्ज-बाँके २०८३ भदौ २ गते, “अधिकार, सामाजिक न्याय, आत्म-सम्मान, सशक्तीकरण तथा रूपान्तरणका लागि सामुदायिक अभियान” भन्ने मूल नाराका...

वैदेशिक रोजगारीबाट फर्किएको १० दिनमै छिमेकी महिलाको ह’त्या, रौतहटमा सनसनी

रौतहट, २०८३ साल साउन १० वैदेशिक रोजगारीबाट नेपाल फर्किएको १० दिनमै रौतहटमा एक युवकले आफ्नी छिमेकी महिलाको...

चीनको सांघाई शहरमा आयोजित विश्व कृत्रिम बुद्धिमत्ता (AI) सम्मेलन–२०२६ (WAIC 2026) चीनका सबैभन्दा ठूला प्रविधि कार्यक्रमहरूमध्ये एकका रूपमा सम्पन्न

चीनको विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन–२०२६: भविष्यको प्रविधिको झलक सांघाई (चीन), २०८३ श्रावण ८ गते यस वर्ष जुलाई १७ देखि...