चीनको विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन–२०२६: भविष्यको प्रविधिको झलक

सांघाई (चीन), २०८३ श्रावण ८ गते यस वर्ष जुलाई १७ देखि २० सम्म चीनको सांघाई शहरमा आयोजित विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन–२०२६ (WAIC 2026) चीनका सबैभन्दा ठूला प्रविधि कार्यक्रमहरूमध्ये एकका रूपमा सम्पन्न भयो। सन् २०१८ मा सुरु भएको यो सम्मेलन अहिले विश्वकै प्रमुख कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी सम्मेलनमध्ये एक बनेको छ। सम्मेलनमा विश्वभरका अनुसन्धानकर्ता, प्रविधि कम्पनी, लगानीकर्ता तथा नीति निर्माताहरू सहभागी भई कृत्रिम बुद्धिमत्ताको भविष्य, यसको प्रयोग तथा विश्वव्यापी प्रभावका विषयमा छलफल गरेका छन्।
सम्मेलन दुई प्रमुख भागमा सञ्चालन गरिएको थियो। पहिलो भागमा एआई शासन (AI Governance), प्रविधिगत नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ताले भविष्यमा समाज र अर्थतन्त्रमा पार्ने प्रभावबारे विभिन्न फोरमहरू आयोजना गरिएका थिए। ती फोरममा वैज्ञानिक, विश्वविद्यालयका प्राध्यापक तथा उद्योग क्षेत्रका अगुवाहरूले आफ्नो धारणा प्रस्तुत गरेका थिए।
दोस्रो भागमा आयोजित प्रदर्शनीमा विश्वका विभिन्न कम्पनीहरूले आफ्ना नवीनतम एआई प्रविधि, उत्पादन तथा समाधानहरू प्रदर्शन गरेका थिए। विशेषगरी चिनियाँ प्रविधि कम्पनीहरूले एआई चिप, कम्प्युटिङ क्षमता, ठूला भाषा मोडेल (Large AI Models) तथा स्वास्थ्य, शिक्षा, उद्योग र दैनिक जीवनमा प्रयोग हुने अत्याधुनिक एआई प्रविधिहरू सार्वजनिक गरेका थिए।
WAIC को आठौँ संस्करणका रूपमा सम्पन्न यस वर्षको सम्मेलनमा १५८ वटा फोरम आयोजना गरिएका थिए भने १,११७ कम्पनीहरूले प्रदर्शनीमा सहभागिता जनाएका थिए। विशेषज्ञहरूका अनुसार सम्मेलनले कृत्रिम बुद्धिमत्ता अब केवल अनुसन्धानको विषय नभई दैनिक जीवन, उद्योग, स्वास्थ्य, शिक्षा र सार्वजनिक सेवामा तीव्र रूपमा विस्तार भइरहेको स्पष्ट संकेत दिएको छ।
WAIC 2026 लाई भविष्यको प्रविधि, नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ताको विकासलाई नजिकबाट बुझ्ने विश्वस्तरीय मञ्चका रूपमा हेरिएको छ।
एआई स्वास्थ्य सेवा: अब तपाईंको मोबाइलमै चिकित्सक
परम्परागत रूपमा स्वास्थ्यसम्बन्धी गुणस्तरीय जानकारी प्राप्त गर्ने अवसर मानिस कहाँ बस्छन् र उनीहरूले अनुभवी चिकित्सकसम्म सहज पहुँच पाउँछन् वा पाउँदैनन् भन्ने कुरामा निर्भर रहँदै आएको छ। तर, कृत्रिम बुद्धिमत्ता (एआई) ले अब यो अवस्थालाई परिवर्तन गर्न थालेको छ।
विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन–२०२६ (WAIC 2026) मा चीनका अग्रणी प्रविधि कम्पनीहरूले एआईमा आधारित अत्याधुनिक स्वास्थ्य सेवा प्रणालीहरू सार्वजनिक गरेका छन्। यी प्रणालीहरू विशाल मात्रामा संकलित व्यावसायिक चिकित्सा ज्ञानमा आधारित छन्, जसको उद्देश्य सर्वसाधारणलाई आफ्नो स्वास्थ्य अवस्था बुझ्न र प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग पुर्याउनु हो।
उदाहरणका रूपमा अलिबाबाले आफ्नो एआई स्वास्थ्य सेवा मोबाइल एप सार्वजनिक गरेको छ। कृत्रिम बुद्धिमत्ता, चिकित्सक तथा स्वास्थ्य संस्थाहरूको विशेषज्ञ ज्ञानलाई समेटेर विकास गरिएको यस एपले प्रयोगकर्तालाई मेडिकल रिपोर्ट बुझ्न, जटिल चिकित्सकीय शब्दहरूको अर्थ स्पष्ट गर्न, औषधिसम्बन्धी जानकारी उपलब्ध गराउन, व्यक्तिगत स्वास्थ्य अभिलेख व्यवस्थित गर्न तथा सामान्य स्वास्थ्यसम्बन्धी प्रश्नहरूको उत्तर दिन सहयोग पुर्याउँछ।

तस्बिर: प्रयोगकर्तालाई स्वास्थ्यसम्बन्धी जानकारी सहज रूपमा बुझ्न, व्यक्तिगत स्वास्थ्य अभिलेख व्यवस्थापन गर्न तथा चिकित्सकीय ज्ञानमा सरल पहुँच प्रदान गर्ने उद्देश्यले विकास गरिएको अलिबाबाको एआई स्वास्थ्य सहायक (AI Healthcare Assistant)।
यस एपको एक विशेष आकर्षण भनेको प्रसिद्ध चिकित्सकहरूको ‘एआई संस्करण’ हो। सयौं अनुभवी तथा प्रतिष्ठित चिकित्सा विशेषज्ञहरूले उपलब्ध गराएको ज्ञान र अनुभवका आधारमा तयार पारिएको यस प्रणालीमार्फत प्रयोगकर्ताले उनीहरूको विशेषज्ञतामा आधारित एआई सहायकसँग संवाद गर्न, स्वास्थ्यसम्बन्धी जानकारी लिन तथा आवश्यक सुझाव प्राप्त गर्न सक्छन्।

तस्बिर : अनुभवी चिकित्सकहरूको ज्ञान, सीप र अनुभवका आधारमा विकसित एआई भर्चुअल चिकित्सकहरू (AI Virtual Doctors)। यी डिजिटल चिकित्सकमार्फत प्रयोगकर्ताले विशेषज्ञ चिकित्सकीय ज्ञानमा आधारित एआईसँग संवाद गर्न, स्वास्थ्यसम्बन्धी जानकारी प्राप्त गर्न तथा आवश्यक परामर्श लिन सक्ने व्यवस्था गरिएको छ।
यस प्रविधिको मुख्य उद्देश्य स्वास्थ्य सेवामा सहज पहुँच नपाइरहेका मानिसहरूलाई सहयोग गर्नु हो। चीनमा यी एआई स्वास्थ्य सेवाका धेरै प्रयोगकर्ता साना सहर तथा ग्रामीण क्षेत्रका छन्, जहाँ विशेषज्ञ चिकित्सक र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अझै सीमित छ।
सका साथै, ज्येष्ठ नागरिक पनि यस प्रविधिबाट विशेष रूपमा लाभान्वित हुने समूह हुन्। धेरै वृद्धवृद्धाका लागि स्वास्थ्यसम्बन्धी चुनौती भनेको चिकित्सक भेट्नु मात्र होइन, मेडिकल रिपोर्ट बुझ्नु, औषधि प्रयोगसम्बन्धी निर्देशन पालना गर्नु तथा व्यक्तिगत स्वास्थ्य अभिलेख व्यवस्थापन गर्नु पनि हो। एआई सहायकले उनीहरूलाई मेडिकल रिपोर्ट पढ्न, औषधिको प्रयोगविधि बुझ्न, स्वास्थ्य अभिलेख व्यवस्थित गर्न, अस्पताल वा चिकित्सकसँग भेटघाटका लागि समय दर्ता (अपोइन्टमेन्ट) गर्न तथा चिकित्सकसँग भेट्नुअघि आवश्यक तयारी गर्न सहयोग पुर्याउन सक्छ।
जटिल स्वास्थ्यसम्बन्धी जानकारीलाई सरल र सहज रूपमा बुझ्न सकिने बनाउँदै एआई स्वास्थ्य सेवा प्रणाली अतिरिक्त सहयोग आवश्यक पर्ने व्यक्तिहरूका लागि एक प्रभावकारी र व्यावहारिक डिजिटल सहायक बन्ने अपेक्षा गरिएको छ।

तस्बिर : चीनको अर्को अग्रणी प्रविधि कम्पनी जेडी (JD) ले विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन–२०२६ (WAIC 2026) मा प्रदर्शन गरेको एआईमा आधारित स्वास्थ्य सेवा समाधान (AI Healthcare Solutions)
प्रविधि कम्पनीहरूले एआई सहायकले कुनै पनि अवस्थामा अनुभवी चिकित्सकको व्यावसायिक निर्णयको विकल्प बन्न नसक्ने स्पष्ट पारेका छन्। साथै, उपचारसम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार पनि एआईसँग हुँदैन। बरु, एआईलाई चिकित्सक र बिरामी दुवैलाई सहयोग गर्ने सहायक उपकरणका रूपमा विकास गरिएको हो। यसले चिकित्सकलाई अझ प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सहयोग पुर्याउनुका साथै सर्वसाधारणलाई विश्वसनीय स्वास्थ्यसम्बन्धी जानकारीमा सहज पहुँच दिलाउन मद्दत गर्छ।
विशेष गरी स्वास्थ्य सेवा तथा विशेषज्ञ चिकित्सकको पहुँच सीमित भएका क्षेत्रहरूमा एआईमा आधारित स्वास्थ्य सेवा समाधानहरूले आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न र सेवाको गुणस्तर सुधार गर्न नयाँ सम्भावनाहरू सिर्जना गर्न सक्ने विश्वास गरिएको छ।
AI र शिक्षा: भविष्यको कक्षाकोठा निर्माणतर्फ
विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन–२०२६ (WAIC 2026) मा शिक्षा पनि प्रमुख आकर्षणको विषय बनेको थियो।
परम्परागत कक्षाकोठामा सामान्यतया सबै विद्यार्थीलाई एउटै गति र एउटै शैलीमा पढाइन्छ। तर प्रत्येक विद्यार्थीको सिक्ने क्षमता, गति र शैली फरक–फरक हुन्छ। कतिपय विद्यार्थीलाई कुनै विषय बुझ्न थप व्याख्या र मार्गदर्शन आवश्यक पर्छ भने केही विद्यार्थी जटिल तथा उन्नत विषयवस्तु सिक्न तयार भइसकेका हुन्छन्।

तस्बिर : विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन–२०२६ (WAIC 2026) मा प्रदर्शन गरिएको एआईमा आधारित स्मार्ट कक्षाकोठा (Smart Classroom), जहाँ कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत शिक्षण–सिकाइलाई थप अन्तरक्रियात्मक, प्रभावकारी र विद्यार्थी–केन्द्रित बनाउने प्रविधिको प्रदर्शन गरिएको छ।
विश्व कृत्रिम बुद्धिमत्ता (AI) सम्मेलन–२०२६ (WAIC 2026) मा विभिन्न कम्पनीहरूले एआईमा आधारित शिक्षा समाधानहरू प्रदर्शन गरेका थिए। ती समाधानहरूमा अन्तरक्रियात्मक डिजिटल बोर्डले सुसज्जित स्मार्ट कक्षाकोठा, एआई शिक्षण सहायक (AI Teaching Assistant) तथा सिकाइ व्यवस्थापन प्रणाली (Learning Management System) समावेश थिए।
यी प्रविधिहरूले परम्परागत शिक्षण पद्धतिलाई आधुनिक डिजिटल उपकरणसँग संयोजन गर्न शिक्षकहरूलाई सहयोग पुर्याउँछन्। एआईमा आधारित स्मार्ट कक्षाकोठाले शिक्षकलाई पाठ योजना तयार गर्न, अन्तरक्रियात्मक अध्ययन सामग्री प्रस्तुत गर्न, विद्यार्थीहरूको सिकाइ प्रगतिको विश्लेषण गर्न तथा प्रत्येक विद्यार्थीको आवश्यकता अनुसार अतिरिक्त शैक्षिक सहयोग उपलब्ध गराउन सक्षम बनाउँछ।

तस्बिर : कृत्रिम बुद्धिमत्ता (AI) मार्फत विकसित गरिएको कन्फ्युसियसको डिजिटल संस्करण, जसले विद्यार्थीहरूलाई यस ऐतिहासिक चिनियाँ दार्शनिकसँग अन्तरक्रिया गर्दै परम्परागत ज्ञान, दर्शन र शिक्षालाई अझ रोचक तथा सहभागितामूलक ढंगले सिक्ने अवसर प्रदान गर्दछ।

तस्बिर : विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन–२०२६ (WAIC 2026) मा प्रदर्शित एआईमा आधारित शैक्षिक उपकरण (AI Education Devices) को अनुभव लिँदै आगन्तुकहरू
एआईमा आधारित शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सफ्टवेयर मात्र पर्याप्त हुँदैन। यसका लागि बलियो डिजिटल पूर्वाधार, आधुनिक प्रविधिसहितको शैक्षिक वातावरण तथा शिक्षकहरूको आवश्यक तालिम पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
चीनले डिजिटल शिक्षा समाधानहरू अन्य देशहरूसँग साझेदारी गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई पनि प्राथमिकता दिएको छ।
यसको एक उदाहरण स्मार्ट कक्षाकोठा (Smart Classroom) प्रविधिको विस्तार हो। चिनियाँ शैक्षिक प्रविधि कम्पनी Seewo ले नेपालका विभिन्न शैक्षिक संस्थासँग सहकार्य गर्दै डिजिटल कक्षाकोठा प्रविधि नेपालमा भित्र्याएको छ। यसको स्मार्ट कक्षाकोठा समाधानमा अन्तरक्रियात्मक डिजिटल बोर्ड, शिक्षण सफ्टवेयर तथा कक्षाकोठा व्यवस्थापन प्रणाली समावेश छन्, जसले शिक्षकहरूलाई अझ अन्तरक्रियात्मक, प्रभावकारी तथा प्रविधिमैत्री सिकाइ वातावरण सिर्जना गर्न सहयोग पुर्याउँछन्।

तस्बिर : मे २०२६ मा नेपालको त्रिभुवन विश्वविद्यालयमा परिचय गराइएको स्मार्ट कक्षाकोठा (Smart Classroom) समाधान, जसले अन्तरक्रियात्मक डिजिटल बोर्ड, शिक्षण सफ्टवेयर तथा आधुनिक कक्षाकोठा व्यवस्थापन प्रणालीमार्फत प्रविधिमैत्री शिक्षण–सिकाइ वातावरण निर्माणमा सहयोग पुर्याउँछ

