कमिट नेपाल, बाँकेको १९ औँ साधारण सभा भव्य रूपमा सम्पन्न

Date:

Share post:

नेपालगञ्ज-बाँके २०८३ भदौ २ गते, “अधिकार, सामाजिक न्याय, आत्म-सम्मान, सशक्तीकरण तथा रूपान्तरणका लागि सामुदायिक अभियान” भन्ने मूल नाराका साथ सामुदायिक सशक्तीकरण तथा रूपान्तरण (कमिट) नेपाल, बाँकेको १९ औँ साधारण सभा न्यु इन्द्रेणी होटल, नेपालगञ्जमा भव्यताका साथ सम्पन्न भएको छ।

संस्थाकी अध्यक्ष सितरा नेपालीको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन सत्रमा लुम्बिनी प्रदेश सभा सदस्य माननीय सुशिला वादी मुख्य अतिथि रहनुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मानव अधिकार आयोग बाँकेका प्रमुख द्वारीका कुमारी अधिकारी, गैरसरकारी संस्था महासंघ बाँकेका प्रतिनिधि, विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मीका साथै कमिट नेपालका कार्यसमिति पदाधिकारी र वादी अगुवाहरूको उपस्थिति रहेको थियो। साधारण सभामा २६ जना पुरुष र ५८ जना महिला गरी कुल ८४ जनाको सक्रिय सहभागिता थियो।

कार्यक्रमको सञ्चालन (उद्घोष) संस्थाका महासचिव प्रकाश नेपालीले गर्नुभएको थियो।

आर्थिक तथा वार्षिक कार्यक्रम प्रस्तुत

साधारण सभामा आर्थिक वर्ष २०८२/८३ को संस्थाको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रतिवेदनअनुसार संस्थाको आय–व्यय रु. १,६७,३६,५०७।०४ रहेको जनाइएको छ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि अनुमानित कार्यक्रम तथा बजेट रु. ३,०३,५०,०००।९२ रहेको प्रस्ताव कार्यसमिति बोर्डबाट सर्वसम्मत रूपमा पारित गरिएको छ।

बादी समुदायको अधिकारका लागि निरन्तर अभियान

कार्यक्रममा कमिट नेपालका संस्थापक अध्यक्ष केशव नेपालीले बादी समुदायको भविष्यका योजना तथा दिगो लक्ष्य हासिल गर्न संस्था निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले समुदायको सशक्तीकरण तथा रूपान्तरणका लागि संस्थाले अझ प्रभावकारी रूपमा अघि बढ्ने धारणा व्यक्त गर्नुभयो।

सभाध्यक्ष तथा संस्थाका अध्यक्ष सितारा नेपालीले बादी समुदायको हकहित प्राप्तिका लागि सामुदायिक अभियानमार्फत समुदायलाई सशक्त बनाउँदै स्थानीय तहदेखि प्रदेश र संघीय तहसम्म सरकारी सेवा–सुविधाका लागि आवश्यक पैरवी तथा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

spot_img

Related articles

वैदेशिक रोजगारीबाट फर्किएको १० दिनमै छिमेकी महिलाको ह’त्या, रौतहटमा सनसनी

रौतहट, २०८३ साल साउन १० वैदेशिक रोजगारीबाट नेपाल फर्किएको १० दिनमै रौतहटमा एक युवकले आफ्नी छिमेकी महिलाको...

चीनको सांघाई शहरमा आयोजित विश्व कृत्रिम बुद्धिमत्ता (AI) सम्मेलन–२०२६ (WAIC 2026) चीनका सबैभन्दा ठूला प्रविधि कार्यक्रमहरूमध्ये एकका रूपमा सम्पन्न

चीनको विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन–२०२६: भविष्यको प्रविधिको झलक सांघाई (चीन), २०८३ श्रावण ८ गते यस वर्ष जुलाई १७ देखि...

स्वीडेनको ट्युनिसियामाथि ५–१ को फराकिलो जित

१ असार, काठमाडौं — फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ ले पराजित गर्दै शानदार...

सुनको मूल्य तोलामा रु ५ हजारले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं — स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५,००० ले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका...