वैदेशिक रोजगारीबाट फर्किएको १० दिनमै छिमेकी महिलाको ह’त्या, रौतहटमा सनसनी

Date:

Share post:

रौतहट, २०८३ साल साउन १० वैदेशिक रोजगारीबाट नेपाल फर्किएको १० दिनमै रौतहटमा एक युवकले आफ्नी छिमेकी महिलाको धा’रिलो हति’यार प्र’हार गरी ह’त्या गरेको छ।

जिल्लाको गुजरा नगरपालिका–५, हरिहरपुर टोलमा शुक्रबार बिहान भएको घटनामा स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती, अन्दाजी ४० वर्षीया रेनु देवी जयसवालको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार उपेन्द्र साह कलवार, जो १० दिनअघि मात्र वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए, उनलाई घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब १०:३० बजे व्यक्तिगत विवादका कारण उपेन्द्रले रेनु देवीमाथि खु’कुरी प्र’हार गरेका थिए। घटनास्थलमै उनको मृ’त्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि आरोपितलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। हत्या हुनुको वास्तविक कारण र घटनाका अन्य पक्षबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

spot_img

Related articles

रसुवा–भोटेकोसी बाढीपीडित एक सय परिवारलाई राहत सामग्री वितरण

नुवाकोट । २०८३ भदौ १० गते चीनको तिब्बततर्फबाट भोटेकोसीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा ठूलो जनधनको...

कमिट नेपाल, बाँकेको १९ औँ साधारण सभा भव्य रूपमा सम्पन्न

नेपालगञ्ज-बाँके २०८३ भदौ २ गते, “अधिकार, सामाजिक न्याय, आत्म-सम्मान, सशक्तीकरण तथा रूपान्तरणका लागि सामुदायिक अभियान” भन्ने मूल नाराका...

चीनको सांघाई शहरमा आयोजित विश्व कृत्रिम बुद्धिमत्ता (AI) सम्मेलन–२०२६ (WAIC 2026) चीनका सबैभन्दा ठूला प्रविधि कार्यक्रमहरूमध्ये एकका रूपमा सम्पन्न

चीनको विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन–२०२६: भविष्यको प्रविधिको झलक सांघाई (चीन), २०८३ श्रावण ८ गते यस वर्ष जुलाई १७ देखि...

स्वीडेनको ट्युनिसियामाथि ५–१ को फराकिलो जित

१ असार, काठमाडौं — फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ ले पराजित गर्दै शानदार...