रसुवा–भोटेकोसी बाढीपीडित एक सय परिवारलाई राहत सामग्री वितरण

Date:

Share post:

नुवाकोट । २०८३ भदौ १० गते चीनको तिब्बततर्फबाट भोटेकोसीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीबाट प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले जागृति मिडिया नेटवर्कको आयोजनामा विभिन्न सहयोगी हातहरूबाट संकलित राहत सामग्री नुवाकोटको किस्पाङ गाउँपालिका–५, को समन्वयमा सोही वडाको घलेगाउँका एक सय बाढीपीडित परिवारलाई वितरण गरिएको छ।

बाढीपछि उक्त क्षेत्रमा विभिन्न स्थानबाट सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएपछि राहत तथा दैनिक आवश्यक सामग्रीको पहुँच प्रभावित भएको थियो। हालसम्म कुनै पनि किसिमको राहत प्राप्त गर्न नसकेका परिवारको अवस्थाबारे सूचना पाएपछि जागृति मिडिया नेटवर्कको टोली उक्त क्षेत्रमा पुगेको थियो। टोलीले घलेगाउँका १०० घरपरिवारलाई अत्यावश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरेको हो।

राहत सामग्रीमा चामल, दाल, नुन, तेललगायत खाद्यान्न, साथै स्याम्पु, लामखुट्टेबाट बच्न प्रयोग गरिने सामग्री तथा क्रिम, सेनिटरी प्याडलगायत दैनिक आवश्यक सामग्री रहेका थिए।

राहत अभियानमा नेपालगन्ज क्रिश्चियन युथ फेलोसिप (NCYF), आशा सामुदायिक चर्च र सेवकाई, ह्युमानिटी ह्यान्ड फाउन्डेसन र वाटरस्टोन चर्च लगायत विभिन्न सहयोगी व्यक्ति तथा संस्थाहरूले सहकार्य गरेका थिए।

राहत वितरणसँगै उक्त क्षेत्रका स्थानीयका लागि अहिलेको सबैभन्दा ठूलो आवश्यकता सडक सञ्जाल सञ्चालनमा ल्याउनु र बाढीका कारण क्षतिग्रस्त पुलहरूको पुनर्निर्माण गर्नु रहेको बताइएको छ। सडक तथा पुल सञ्चालनमा नआउँदा स्थानीयको आवतजावत, खाद्यान्न, औषधि तथा उपचार र अन्य अत्यावश्यक सामग्रीको आपूर्ति तथा दैनिक जनजीवनमा समस्या भइरहेको छ। त्यसैले सरकार तथा सम्बन्धित सरोकारवाला निकायले सडक सञ्चालन र पुल पुनर्निर्माणका लागि तत्काल आवश्यक पहल गर्नुपर्ने स्थानीयको माग छ।

बाढीबाट प्रभावित तर हालसम्म राहतको पहुँचमा पुग्न नसकेका परिवारसम्म प्रत्यक्ष पुगेर सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको थियो। स्थानीय बाढीपीडित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउँदै विपद्को समयमा मानवीय सहयोग र एकताको सन्देश दिन खोजिएको आयोजकले जनाएको छ।

spot_img

Related articles

कमिट नेपाल, बाँकेको १९ औँ साधारण सभा भव्य रूपमा सम्पन्न

नेपालगञ्ज-बाँके २०८३ भदौ २ गते, “अधिकार, सामाजिक न्याय, आत्म-सम्मान, सशक्तीकरण तथा रूपान्तरणका लागि सामुदायिक अभियान” भन्ने मूल नाराका...

वैदेशिक रोजगारीबाट फर्किएको १० दिनमै छिमेकी महिलाको ह’त्या, रौतहटमा सनसनी

रौतहट, २०८३ साल साउन १० वैदेशिक रोजगारीबाट नेपाल फर्किएको १० दिनमै रौतहटमा एक युवकले आफ्नी छिमेकी महिलाको...

चीनको सांघाई शहरमा आयोजित विश्व कृत्रिम बुद्धिमत्ता (AI) सम्मेलन–२०२६ (WAIC 2026) चीनका सबैभन्दा ठूला प्रविधि कार्यक्रमहरूमध्ये एकका रूपमा सम्पन्न

चीनको विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन–२०२६: भविष्यको प्रविधिको झलक सांघाई (चीन), २०८३ श्रावण ८ गते यस वर्ष जुलाई १७ देखि...

स्वीडेनको ट्युनिसियामाथि ५–१ को फराकिलो जित

१ असार, काठमाडौं — फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ ले पराजित गर्दै शानदार...